आइतबार, असार १४, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०
National life
Shivam cement

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको जानकारी दिए।

राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए। राष्ट्रियसभाको निर्वाचनका लागि भोलि सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ। 

राष्ट्रियसभाको निर्वाचन भने अगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ। कांग्रेसले बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ।

प्रकाशित: Jan 07, 2024| 09:31 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्