शनिबार, साउन ९, २०८३

जनताको मुद्दती र बचतमा सर्वाधिक व्याज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जनता बैंकको समकालिन वित्तीय बजारलाई ध्‍यानमा राख्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको छ।

यसकोलागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्वाधिक ब्याज पाउने छन्। मासिक व्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% व्याजदर कायम गरिएको छ। 

यस मुद्दती योजनामा ग्रहकले न्यूनतम एक लाखमा ७५ दिन र सोभन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने जनाइएको छ। यो योजना सिमित अवधिको लागि र व्यक्ति गत निक्षेपमा लागू गरिएको छ।

साथै यस बैंकको सम्पूर्ण बचत खाताको व्याजदर वार्षीक ७% कायम गरिएको छ। व्याजदर यही २०७५ मंशिर १९ गतेदेखि लागू हुने जनाइएको छ। 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्