आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेसँग सहकार्य नगर्ने

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेसँग सहकार्य नगर्ने

 |  शनिबार, पुस २१, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २१, २०८०

काठमाडौं- सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो। 

National life

राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। । 

पहिलो चरणमा ४ बजे प्रमुख चार राजनीतिक दल र ५ बजे गठबन्धनमा आबद्ध सबै दलको बैठक बोलाइएको नेता लेखकले बताए।

साँझको बैठकमा सत्ता साझेदार सबै दललाई आमन्त्रण गरिएको छ। यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि मिलेर जाने विषयमा छलफल भएको उनले बताए। 

एमालेले राष्ट्रियसभामा रिक्त सबै स्थानमा उम्मेदवारी दिने घोषणा गरेको छ। एमालेको घोषणापछि गठबन्धनमा सहभागी दलका बीचमा नै सिट बाँडफाँट गरेर जाने सहमति भएको नेता लेखकले बताए। 

kumari

‘बृहद् लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन सकेन’, नेता लेखकले भने। 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको सहभागिता थियो। राष्ट्रियसभामा १९ स्थानका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

प्रकाशित: Jan 06, 2024| 14:12 शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्