काठमाडौं- डाबर नेपालले आफ्नो उत्कृष्ट उत्पादन डाबर स्पेशल हेयर आयल नयाँ र आकर्षक प्याकमा बजारमा ल्याएको छ।
ब्राण्डलाई नयाँ स्वरुप दिन नयाँ लेवलका साथ फिल्प कप बिर्कोसहितको नयाँ प्याक उपभोक्ताहरुमाझ बजारमा उपलब्ध छ।
पाकृतिक तत्व हिस्विकस र लेमन सम्मिश्रण रहेको आयलले कपाललाई प्राकृतिक चम्किलोपना र पौष्टिकता प्रदान गर्दछ। नयाँ प्याक बजारमा उपलब्ध भएसँगै “कन्फिडेन्स सुन्दरताको”नाराका साथ लोकप्रिय गायिका इन्दिरा जोशीलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको छ।
आफ्नो आवाज र प्रस्तुतीले लाखौँ युवा दर्शकहरुको मन जित्न सफल इन्दिरा जोशी एक असाधारण स्वरका साथ पूर्ण रुपमा आत्मविश्वास भएका गायिका हुन्। डाबार स्पेशल हेयर आयलले पनि कपाललाई सुन्दर र पोषण प्रदान गरी आजको नारीलाई त्यही आत्मविश्वास झल्काउन मद्दत पुर्याउँछ।
यो नयाँ प्याकमा स्पेशल अफर राखिएको छ जसमा उपभोक्ताहरुले ५० मि.लि. मा रु. ५, १०० मि.लि.मा रु. १० र २०० मि.लि.को प्याकमा रु.१५ को छुट पाउन सक्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४