बिहीबार, भदौ १८, २०८३

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको शुक्रबार सुनाएको निर्णयमा प्रधानमन्त्रीले सफाइ पाएका हुन्।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो। सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए।

प्रकाशित: Jan 05, 2024| 16:30 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्