शनिबार, साउन ९, २०८३

आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइएमई ग्रुपद्वारा प्रबर्द्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंकबीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

आइएमई डिजिटलकातर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठ र  बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सिभिल बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सकिने जनाइएको छ। साथसाथै सिभिल बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सकिने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्