मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आर्सनललाई हराउँदै ७४ वर्षपछि ब्रेन्टफोर्डले गर्यो ईपीएलमा सुखद् सुरुआत

आर्सनललाई हराउँदै ७४ वर्षपछि ब्रेन्टफोर्डले गर्यो ईपीएलमा सुखद् सुरुआत

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्रन्टफर्डले सुखद् सुरुआत गरेको छ। ब्रेन्टफोर्डकै घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम आर्सनललाई २–० गोलले हराउँदै लिगको सुखद् सुरुआत गरेको हो।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्रन्टफर्डले सुखद् सुरुआत गरेको छ। ब्रेन्टफोर्डकै घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम आर्सनललाई २–० गोलले हराउँदै लिगको सुखद् सुरुआत गरेको हो।

यो खेलसँगै ब्रेन्टफर्ड ईपीएल २०२१–२२ मा पहिलो ३ अंक जोड्ने टिम भएको छ। ब्रेन्टफोर्डलाई ३ अंक दिलाउने क्रममा सर्जी क्यनोस र क्रिस्टियन नोरगार्डले गोल गरेका थिए।

डिफेन्डर इथन पिन्नोकले उपलब्ध गराएको पासमा मिडफिल्डर क्यानोसले २२औं मिनेटमा पहिलो गोल गरेका थिए। यता खेलको ७३औं मिनेटमा नोरगार्डले फ्रि हेडरमार्फत् गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।

सो अग्रतासँगै ब्रेन्टफर्डले ईपीएल यो संस्करणमा पहिलो जित निकालेको हो। उसले सन् १९४७ पछि पहिलो पटक ईपीएलको सुरुवाति खेलमा जित निकालेको हो। यता आर्सनल भने १९७७ पछि पहिलो पटक दोस्रो डिभिजनबाट बढुवा भएर आएको क्लबसँग पहिलो खेलमै हार बेहोरेको छ।

१९७७ मा उसले ब्रिस्टल सिटीसँग हार बेहोरेको थियो। अन्य टिमको खेल नभए पनि ऊ ६ वर्षपछि ईपीएल तालिकाको पुछारमा छ।

प्रकाशित: Aug 14, 2021| 07:07 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।