आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन्।

National life

सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उहाँले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए। ‘हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गछौँ तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ’, उनले भने। 

नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको उनको भनाइ छ। उनले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्याउनुपर्ने बताए। ‘के कुरामा विद्यार्थीको लगाव छ र राष्ट्रले के चाहेको छ सोहीअनुसारको शिक्षा प्रदान गर्नुपर्छ’, उनले भने।

नेता डा कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तीनीहरूलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गरे। जिल्ला–जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उनको भनाइ थियो।

Shivam cement

प्रकाशित: Jan 04, 2024| 15:19 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्