बिहीबार, भदौ १८, २०८३

सुनको भाउ तोलामा १३ सय घट्यो

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ आज १३ सय घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 04, 2024| 13:13 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्