मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बंगलादेशमा ६ महिनामा ११ अर्ब डलर रिमिट्यान्स विप्रेषण भित्रियो

बंगलादेशमा ६ महिनामा ११ अर्ब डलर रिमिट्यान्स विप्रेषण भित्रियो

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

ढाका- विदेशमा बसेर काम गर्ने बंगलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर रेमिट्यान्स पठाएका छन् । 

National life

चालु आर्थिक वर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने बिप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलबार जनाइएको छ। डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर रेमिट्यान्स रेकर्ड भएको छ।  जुन अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो।

गत आर्थिक बर्षमा एक सयभन्दा बढी देशहरूबाट करिब एक करोड बंगलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर रेमिट्यान्स पठाएका थिए। 

बंगलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विपे्रषण खाडी देशबाट आउने गर्छ। 

प्रकाशित: Jan 03, 2024| 19:00 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्