मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभा उम्मेदवारको नाम सभापतिजीको खल्तीमा छ, म भए पनि त्यही हो: गगन थापा 

राष्ट्रिय सभा उम्मेदवारको नाम सभापतिजीको खल्तीमा छ, म भए पनि त्यही हो: गगन थापा 

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्‍नेको नाम पार्टीका सभापतिको खल्तीमा रहेको र जो सभापति भए पनि गर्ने त्यही भएको बताएका छन्।

National life

उनले भने, 'सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ। खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ। म भएपनि त्यही हो। अन्तिममा सभापतीले कोटको खल्तीबाट निकाल्ने हो। सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ। टाउको गन्‍ने हो। सभापतिज्यूले भनेपछि धन्यवाद भने भइहाल्छ।'  

भक्तपुरमा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेशलाई तीन जना सिफारिस गर्न भनिए पनि ३०० जनाको नाम सिफारिस गरेकोप्रति पनि महामन्त्री थापाले आक्रोश व्यक्त गरेका छन्।  सिफारिस गरेपनि पार्टीका सभापतिको कोटको खल्तीमा उम्मेदवार बन्नेको नाम पहिल्यै रहने बताएका हुन्।

उनले भने, 'राष्ट्रिय सभाको ९ जना उम्मेदवार बनाउनु छ। प्रदेशलाई तीन जना छान भनेर पठाएको, प्रत्येकले ३ सय जनाको नाम पठाएको छ। कुल २१ सय मानिसको नाम छ। काँटछाँट गर्दा हजार पुग्छन्। अब एक हजारबाट ९ जना छान्‍ने कसले भन्दा सभापतिले। यो नौलो विषय होइन, यसअघिका सभापतिको पालामा पनि त्यस्तै हुन्थ्यो।' 

यस्तै परिपाटीले गर्दा पार्टीका ८ लाख ७० हजार सदस्यलाई न्याय दिन नसकिएको महामन्त्री थापाले बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 03, 2024| 15:59 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्