आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रक्तदान

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रक्तदान

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवका अवसरमा देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ। पुस १७ मा बैंक स्थापनाको १७ वर्ष पूरा भएको छ। यस अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रमसँगै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो।

National life

कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

त्यस्तै, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा नेपालगन्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

देशभर ९२७ रक्तदाताले ४३९ लिटर रक्तदान गरेका छन्। त्यस्तै, ७८३ जनाको निःशुल्क आँखा जाँच गरिनुका साथै एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श प्रदान गरिएको छ।

 

kumari

प्रकाशित: Jan 03, 2024| 15:58 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्