बुधबार, भदौ ११, २०८२

राष्ट्रिय सभाका १९ सिटमा मिलिजुली भाग !

 |  बुधबार, पुस १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुने भएको छ। त्यसका लागि दलहरु उम्मेदवार टुंग्याउने भन्दा पनि कसले कति सिट लिने भन्‍ने भागबण्डामा व्यस्त देखिएका छन्। यसअघि सत्ता गठबन्धनका दलहरुले कांग्रेसलाई ९ सिट दिने र बाँकी सिटमा अन्य दलहरुलाई भाग लगाउने अनौपचारिक सहमति गरेका थिए।

Kumaribank

देशभरका १९ वटै सिटमा सत्ता गठबन्धनले क्लिन स्विप गर्ने देखेपछि नेकपा एमालेले पनि गठबन्धनसँगै मिलेर भाग लिने कसरत गरिरहेको छ। यसअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफूलाई राष्ट्रिय सभामा भाग दिनुपर्ने प्रस्ताव एमाले अध्यक्ष केपी ओलीले राखेका थिए।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। उक्त छलफललाई बृहत्तर बनाउँदै यसबारेमा सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग पनि छलफल गरिने भएको छ।

नेकपा एमालेले राष्ट्रिय सभामा भाग खोजेपछि नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएको एमालेकै नेताहरुले बताइरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन कांग्रेस र माओवादी सकारात्मक भएका हुन्। यसअघि मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको व्यवस्थालाई खतरा भएकोले ठूला र जिम्मेवार दलहरु मिल्‍नुपर्ने बताएका थिए।

Metro Mart

गणतन्त्रलाई जोगाउनका लागि गणतन्त्रका लागि लडेका दलहरु एक ठाउँमा उभिनुपर्ने र मेलमिलाप गर्नुपर्ने बताएका नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षीबीच हुन लागेको यो पहिलो भागबण्डा भने होइन। यसअघि नेपालको संसदीय इतिहासमा पहिलो पटक प्रमुख प्रतिपक्षीलाई पनि संसदीय समितिमा भाग दिइएको थियो। नेकपा एमालेले तीन वटा संसदीय समितिको प्रमुख पाएको थियो।

हाल राष्ट्रिय सभामा रिक्त १९ सदस्यमध्ये एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ। स्थानीय र प्रदेशका जनप्रतिनिधि अनुसार अहिलेको सत्ता गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना बढी छ। सत्ता गठबन्धनसँग चुनावमा प्रतिष्पर्धा गरेको अवस्थामा एक सिट पनि आउन नसक्‍ने देखिएपछि साख जोगाउन भए पनि गठबन्धनसँग मिलेर अघि बढ्ने ध्याउन्‍नमा एमाले अध्यक्ष ओली देखिन्छन्।

यसअघि कांग्रेस र माओवादीबीच भएको सहमतिमा थप छलफल गर्न सत्ता घटकका एकीकृत समाजवादी र जनता समाजवादीसँग छलफल गर्ने भएका छन्। कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए।

'एमालेलाई पनि केही सिट छुट्याउनुपर्छ भन्नेमा दुई दल सकारात्मक बनेका छौं। जसपा र एकीकृत समाजवादीसँग पनि हामीबीच भएको छलफल जानकारी गराउँछौं,' ती नेताले भने, 'एमालेलाई कति दिने कुरा गठबन्धनका अरु दल र एमालेसँगै छलफल गरेर टुंगिन्छ।'

प्रकाशित: Jan 03, 2024| 12:21 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्