बुधबार, भदौ ११, २०८२

मन्त्री भुसालद्वारा दुग्ध वितरण आयोजनाको छड्के अनुगमन

 |  मंगलबार, पुस १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

vianetvianet

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको आज छड्के अनुगमन गरेका छन्। आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उनले सो आयोजनाको छड्के अनुगमन गरेका हुन्। 

Kumaribank

मन्त्री भुसालको नेतृत्वमा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलसहितको टोलीले गरेको अनुगमनका क्रममा आयोजनाका दुई सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो। 

सो अवसरमा मन्त्री भुसालले आयोजना प्रमुख गणेशकुमार यादवलाई आयोजना सञ्चालन देखिएका बेथितिलाई तत्काल सुधार्न निर्देशन दिए। अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजनाका सुधारका लागि आवश्यक निर्णय गर्ने जानकारी गराए।

मन्त्री भुसालले आयोजनामा देखिएका कमीकमजोरी न्यूनीकरण गर्न मन्त्रालयमा आवश्यक अध्ययनपश्चात् पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए।

किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई कटौती गर्ने बताउँदै उनले भने, “दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ। संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन्। पटक-पटक संस्थान सुधारका लागि मौखिक र लिखित निर्देशन दिइएको छ।” 

Metro Mart

केही महिना अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ। 

प्रकाशित: Jan 02, 2024| 21:17 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्