मंगलबार, पुस १, २०८२

सातै प्रदेशमा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

काठमाडौं- ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सव अवसरमा सात वटै प्रदेशमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सोहीअनुसार बैंकले चितवनको भरतपुर महानगर वडा नं. ८ शरदपुरको गौरीगञ्ज स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको छ।

National life

शिविरमा २०० बढी महिलाले स्वास्थ्य चेकजाँच गरेको बैंकले जनाएको छ। बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सात वटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।

शिविरमा स्त्रीरोगसम्बन्धी महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवा निःशुल्क उपलब्ध गराइएको बैंकले जनाएको छ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरिएको छ। क्यान्सरका बिरामीलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रियाबाट उपचार गरिने बैंकले बताएको छ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविर आयोजना गरी ग्रामीण भेगका महिला तथा नागरिकलाई लाभान्वित गर्दै आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 02, 2024| 15:37 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्