मंगलबार, कात्तिक ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई बैंकद्वारा ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान

ग्लोबल आईएमई बैंकद्वारा ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा विपन्न वर्गका ३५ जनालाई छात्रवृत्ति प्रदान गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ। यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ।

यस कार्यक्रम अन्तगर्त बैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनोट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ। यो कार्यक्रम अन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति व्य वस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ।

समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ।

प्रकाशित: Jan 02, 2024| 13:35 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्