शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ईपीएसको सिप बिल्डिङ परीक्षामा सहभागी सबैका लागि आवेदन माग

ईपीएसको सिप बिल्डिङ परीक्षामा सहभागी सबैका लागि आवेदन माग

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- दक्षिण कोरियामा पानीजहाज निर्माण (सिप बिल्डिङ) क्षेत्रमा भाषा परीक्षा दिएर बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ। 

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले पुस १६ देखि १८ गतेसम्म आवेदन दिन मिल्ने सूचना जारी गरेको छ। उच्च अदालत पाटनले पानीजहाज निर्माणको परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन फारम भर्न रोक नलगाउन आदेश दिएको थियो। त्यसपछि ईपीएस शाखाले कोरियाको मानव संशाधन विभागसँग छलफल गरेको र त्यसबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै आवेदन खुलाएको हो।

ईपीएस शाखाका अनुसार गएको साउनमा पानीजहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरूले मात्रै फारम भर्न पाउने छन्। साविक बमोजिम नै अनलाइनबाट फारम भर्न सकिने शाखाले जनाएको छ।

यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फारम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध गरेका थिए। शुक्रबार बालकुमारीमा भएको आन्दोलनका क्रममा दुई युवाको ज्यान गएको थियो।

प्रकाशित: Jan 01, 2024| 07:47 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्