काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा २ रुपैयाँ घटाइएको जनाएको छ।
स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको जनाइएको छ। मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ डिजेल र मट्टितेल ९९ सय रुपैयाँ भएको छ। खाना पकाउने ग्यासको मुल्य घटाइएको छैन।
अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारण मुल्य घटेको आयल निगमले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४