शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसीको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे नियुक्त

एनआईसीको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआई सी एशिया बैंक लिमिटेडको सोमबार बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। 

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले विभिन्न बैंकहरु तथा यस एनआई सी एशिया बैंकको विभिन्न विभागमा लामो समयदेखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्।  

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेसँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएका छन्। 

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले आजैका पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत श्री पाण्डेज्यूले “बैंक पनि, साथीपनि, राम्रो पनि,हाम्रो पनि” भन्ने बैंकको मूल नारालाई आत्मासाथगर्दै समृद्घ नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्पmबाट उल्लेखनिय योगदान पुर्‍याउने जानकारी गराए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्