शनिबार, साउन ९, २०८३

सिभिल बैंक र आईएमई डिजिटल सोलुसन्सबीच सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्स लिमिटेडसँग सम्झौता गरेको छ। 

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्स लिमिटेडकातर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि श्रेष्ठले हस्ताक्षर गरेका हुन्। 

अब सिभिल बैंकका ग्राहकले आईएमई-पेमार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, विद्युत प्राधिकरण-ल्यान्ड लाइन-एडीयसयल-डिसहोमको बील भुक्तानी गर्न, आबद्ध संस्थाहरुको सेवा तथा वस्तु खरिद गर्नुका साथै सिनेमाहल र हवाई टिकटसमेत खरिद गर्न सकिनेछ। 

चालु आर्थिक वर्षको प्रथमचौमासमा (एन.एफ.आर.यस.अनुसार) अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को वृद्धी हो) कमाउन सफल यस बैंकको कुलशाखा संख्या ७० रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्