काठमाडौं- नेपाल वायुसेवा निगमले अब जापानको ओसाकामा पनि उडान भर्ने भएको छ। 3जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने बारे निगम र जापानी टोलीका उच्चपदाधिकारी बीच सोमबार छलफल भएको छ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व गरेको नेपाली प्रतिनिधीमण्डल र ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल् मानेन ताउले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच निकट भविष्यमा उडान शुरु गर्ने सम्बन्धमा विचारको आदान प्रदान भएको थियो ।
जापानी टोलीले उडान पुनः संचालन गर्न आफ्नातर्फबाट पूर्ण सहयोग गर्ने बताउनुका साथै हानेदापछि ओसाका आकर्षक र महत्वपूर्ण विमानस्थल रहेकाले निगमको उडान उपलब्धिमूलक हुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४