शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसीको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त

एनआईसीको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानलाई प्रमुख कार्यकारी अधिकृतम नियुक्त गरिएको छ। 

बैंकको आइतबारको ३७९औं सञ्चालक समितिको बैठकले न्यौपानेज्यूलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात न्यौपानेले कायममूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए। 

न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथावासलातको आकार, शाखातथा एटिएम संजाललगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको जनाएको छ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गर्दै आएका छन्। 

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आइतबार बैंकका संचालक समितिका अध्यक्ष तुलसी रामअग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्