काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोलि प्याथल्याब प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ। अब सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकहरुले प्याथल्याबको प्रयोगशालामा जाँच गराउदा बिशेष छुट पाउने छन्।
सभझदारी भएसँगै सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र प्याथल्याबका तर्फबाट ल्याबका डाइरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ।
बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव तीन लाख, पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४