शनिबार, साउन ९, २०८३

नेपाल-बंगलादेश ऊर्जा संयन्त्रको बैठक सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारबाट काठमाडौंमा सुरु भएकाे छ । 

दुई दिनसम्म चल्ने बैठकमा क्रसबोर्डर इन्टरकनेक्सन सम्बन्धी छलफल हुनुका साथै विद्युत् व्यापारबारे समेत दुवै पक्षबीच वार्ता हुने भएको छ। त्यसैगरी, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोग, नेपालको जलविद्युत्मा बंगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट पाँच सय मेगावाट बिजुली बंगलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ।

बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएयता संयन्त्रको बैठक पहिलो पटक बसेकाे हाे । बैठकमा भाग लिन बंगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आइपुगेका थिए ।  

नेपाली टोलीको नेतृत्व ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले गर्दैछन्। त्यसैगरी, सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकसमेत तय भएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्