काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आइतबार नेपाली बजारमा अर्को एक आकर्षक प्यासेन्जर गाडी नयाँ टाटा टिगोर ल्याएको छ। मनमोहक बाहिरी र भित्री बनावट भएको उक्त टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको न्युनतम मूल्य २७ लाख ५५ हजार रुपैयाँ कम्पनीले तोकेको छ।
टाटा मोटर्सका इन्टरनेशनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोयले सही मूल्यमा बोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुकाबीच कम्प्याक्ट सेडान निकै लोकप्रिय रहेको बतए। ‘यही तथ्यलाई ध्यानमा राख्दै हामीले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट सम्रिश्रण स्वरूप नयाँ टाटा टिगोर बजारमा ल्याएका छौं,’उनले भने ‘यसले हाम्रा ग्राहकहरुको मन जित्ने कुरामा हामी बिश्वस्त छौं।’उक्त गाडी टाटाका सबै आधिकारिक बिक्री केन्द्रहरुमा उपलब्ध हुने बताइएको छ।
टिगोरका बिशेषता
कम्पनीकाअनुसार नयाँ टिगोरमा भएको ब्रेक फ्री कुप रुफलाइन र डुवल चेम्बर प्रोजेक्टर हेडल्याम्प्सले यसको बनावट आकर्षक बनाएको छ। गाडीमा अटो फोल्ड फंसन भएको लीड टर्न इन्डीकेटर र १५ इन्च पांग्रामा डुवल टोन कलर रहेको छ।
उक्त सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रङ्गमा उपलब्ध छ। कम्पनीकाअनुसार नयाँ टिगोरमा सहज ड्राइभिङका लागि हाइट एडजस्ट गर्न मिल्ने ड्राइभिङ सिट राखिएको छ। पछाडि र अगाडिको सिटकोबीचमा पर्याप्त ठाउँ रहेको छ। अटोमेटेड तापक्रम कन्ट्रोल सिस्टमले क्याबिनको वरिपरी समान कुलिङ हुन्छ। उपयुक्त चौडाई र क्लियर ओपनिङ भएको सो गाडीमा इनोभेटीभ फोर बार मेकानिज्मम्स प्रयोग गरी २४ इन्टेलिजेन्ट स्पेश ४१९ लिटरको बुट स्पेस बनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४