शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर १६ गते आइतबार कहाँ, के-के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'क्रिश्‍चियन समिट' को समापनमा ओलीलाई किन दिइयो एक लाख डलर पुरस्कार  

क्रिश्चिन धर्म प्रचार तथा प्रवर्द्धनका लागि क्रियाशिल संस्था युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख अमेरिकी डलरको पुरस्कार दिएको छ। 

 नेकपा नेतृत्व निर्लज्ज बन्दै : घोषणापछि किन गोप्य राखियो प्रदेश कमिटीको नामावली ?

प्रदेश कमिटी सदस्यको नाम सार्वजनिक गर्छौं भनेर पनि गुपचुप राखेपछि पार्टी पंक्तिभित्रैबाट नेतृत्वको क्षमतामाथि प्रश्न उठ्न थालेको छ। 

एसिया प्यासिफिक सम्मेलनविरुद्ध कांग्रेसको प्रस्ताव

नेपाली कांग्रेसले काठमाडौंमा जारी एसिया प्यासिफिक समिटमा राज्य स्रोतको व्यापक दुरुपयोग भएको भन्दै विरोध गरेको छ ।

स्वास्थ्य उपचारका लागि प्रचण्‍ड अस्पतालमा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचारका लागि अस्पताल पुगेका छन् । प्रचण्ड उपचारका लागि ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । 

हिन्दु राष्ट्रका लागि राप्रपाले निर्णायक आन्दोलन गर्ने

राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण र हिन्दू राष्ट्रका लागि पार्टीले आन्दोलन गर्ने  घोषणा गरेका छन्। 

को हुन् काठमाडौंमा रमाएका हुन सेन ?

एसिया प्यासिफिक समिटमा आउने विदेशी पाहुनामध्ये कम्बोडियाली शासक हुन सेनको चर्चा बढी भयो । उनी काठमाडौंमा नयाँ पाहुना थिए । 

निर्मलालाई न्याय खै?

निर्मलाको न्याय माग्दै काठमाडौंमा टाँसिएका तस्बिरलाई रातारात प्रहरी प्रशासनले हटाए युवा सडकमा निस्केर सोधेका छन्, ‘निर्मलालाई न्याय खै?’

'निर्मला घटनामा प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउनुपर्छ'

डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने बताएका छन् ।

वैदेशिक रोजगार कार्यालयमा अनलाइन टोकन

वैदेशिक रोजगार कार्यालय ताहाचलमा आइतबारदेखि अनलाइन टोकन सेवा सुरु भएको छ। श्रम स्वीकृति लिन आउने श्रमिक कामदारलाई सहज सेवा दिन भन्दै कार्यालयले टोकन प्रणाली सुरु गरेको हो।

६० दिनपछि मेलम्ची पानी आउने यस्तो छ योजना

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्चीको सम्पूर्ण काम ६० दिनमा सकाउने र त्यसपछि काठमाडौंमा पानी आउने भएको छ। 

बैंकको सेयर किन्दा फाइदा हुन्छ त ?

सामान्यतया कुनै पनि कम्पनीमा लगानी निर्णयको पहिलो आधार मुनाफा र प्रति सेयर आम्दानी (इपिएस) हुन्छ । यसैको आधारमा अन्य वित्तीय विश्लेषण र अनुपात गणना गरिन्छ ।

शृंखला हेड-टू-हेडमा बाहिरिइन्, सम्भावना भने जीवितै

मिस नेपाल शृंखला खतिवडा चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको अन्तिम ३० मा पुग्न असफल भएकी छिन् ।

‘ए’ डिभिजन लिग : जावालाखेल युथको पहिलो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावला खेल युथ क्लबले पहिलो जित निकालेको छ ।

नेयमार भित्र्याउन बार्सा र रियल दौडमा, पिएसजीले तोक्यो मुल्य

ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेयमार अर्को सिजन आफ्नो पुरानो कलब बार्सिलोना फर्किने भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।