सोमबार, चैत २, २०८२

ट्रम्प–पुटिन वार्ता रद्द : अमरिकासँग भड्कियो रूस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
रुस - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको वार्ता रद्द गरिदिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाएका छन्। अर्जेन्टिनामा आयोजित जी–२० शिखर सम्मेलनका क्रममा शनिबार राति पुटिन र ट्रम्पबीच वार्ता हुने कार्यतालिका थियो।

रूसले ट्रम्पको उक्त कदमप्रति कडा आपत्ति जनाउँदै भविष्यमा अमेरिकासँग कुनै प्रकारको वार्ता नगर्ने चेतावनी दिएको छ। शनिबार राति रूसी सञ्चारमाध्यमले पुटिनका प्रवक्ता दमित्री पेस्कोभलाई उधृत गर्दै यसको पुष्टि गरेको हो। ट्रम्प र पुटिनबीच ब्युनस आयर्समा भएको संक्षिप्त कुराकानीलाई दुवै नेताले सार्वजनिक गरेका छैनन्।

अमेरिका र रूसबीच विवाद भएपछि युक्रेनले रूसी सीमावर्ती क्षेत्रमा थप सैनिक परिचालन गरेको छ। यसले गर्दा दुवै देशबीच युद्धको खतरा बढेको छ। पुटिनका प्रवक्ता दमित्रीले दुवै देशबीच अर्जेन्टिनामै बैठक बस्न जरुरत रहेको औंल्याएका छन्। उनले भनेका छन्, ‘पुटिनले अजोव सागर मामलामा फ्रान्सेली राष्ट्रपति इम्यानुएल मैक्रो र जर्मन चान्सलर एन्जेला मार्केलका साथ भएको बैठकमा स्थितिलाई स्पष्ट गरिदिएका थिए। त्यो घटना ट्रम्पका लागि एक अवसर थियो। तर उनले यसलाई गुमाइदिएका छन्।’ ट्रम्पले रूस र युक्रेनबीच तनाव बढिरहेकाले वार्ता रद्द गरेको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।