काठमाडौं- आज मंसिर १५ गते शनिबार कहाँ, के-के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
निर्मलाको न्याय माग्दै नागरिक सडकमा
बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलार्इ न्यान दिलाउन नागरिक सडकमा उत्रिएका छन् ।
निर्मला हत्या प्रकरण–काठमाडौंका पम्पलेट प्रहरीले च्याते, कञ्चनपुरमा छ्याप्छ्याप्ती
निर्मला पन्तको न्यायकालागि काठमाडौंका सार्वजनिक स्थलमा टाँसिएका पोष्टर प्रहरीले च्याते पनि गृह जिल्ला कञ्चनपुरमा भने पोष्टर छ्याप्छ्याप्ती छन् ।
‘आयात बढी भएर निर्यात कम हुँदा समस्या थपियो’
अर्थमन्त्री युवराज खतिवडाले मुलुकको विभिन्न देशहरुसँग भएको ब्यापारमा आयात कति भयोभन्दा पनि निर्यात हुन नसक्नु ठूलो समस्या रहेको बताए।
धनुषामा एचआइभीबाट १२० को मृत्यु
एचाईभी एड्सबाट धनुषामा १२० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म धनुषा एचआई एड्सका कारण १२० को मृत्यु भएको हो।
सुर्खेतमा बस दुर्घटना : ३ को मृत्यु, ३२ घाइते
सुर्खेतको कट्कुवामा शनिबार बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
धपक्कै बलेको मुस्ताङ
तिबेला हिमालपारिको जिल्ला मुस्ताङ धपक्कै बलेको छ । आकास खुलेको छ, धौलागिरि र नीलगिरि हिमालको काखमा रहेको मुस्ताङका पाखापखेरा, मट्यौले डाँडा अनि कालीगण्डकीका बगर जताततै आन्तरिक र बाह्य पर्यटकको विशेष चहलपहल देख्न सकिन्छ ।
‘देउडा’ मा अब सबै दंग
केही समय पहिले देउडा गीतहरु सुदूरपश्चिमको सेरोफेरोमा मात्र सिमित थियो। अहिले देउडा अन्तर्राष्ट्रिय करण भएको छ। देउडा अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भएको छ।
लघुकथा-घर भित्रको अपराधी
‘बाबा मिठाई जस्तो गुलियो हुन्छ मज्जा हुन्छ, कसैलाई नभन्नु भन्नू हुन्थ्यो त भएन दुख्यो पोल्यो ऐया! मरे आमा’ भन्दा त सबै स्तब्ध भए मुखामुख गरे त्यति बेला सम्म प्रहरी पनि पुगिसकेको थियो।
'नट-आउट' इमरानको सय दिनको विस्फोटक ब्याटिङ
चर्चित क्रिकेटर इमरान खानले पाकिस्तानमा शासकीय बागडोर सम्हालेको सय दिनमै आशा जगाएका छन्।
‘ए’ डिभिजन लिग : मनाङको लगातार पाँचौ जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्यादी क्लबले लगातार पाँचौ जित दर्ता गरेको छ ।
हँसिला एमबाप्पेको फुटबल कथा
एमबाप्पेले पछिल्लो समयमा जो एएस बन्डी, आइएनएफ क्लेयर-फ्यन्टेन र मोनाकोबाट उदाउँदो युवा स्टारका रूपमा खेल्दै आफूलाई विश्व फुटबलजगत्मा चिनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४