शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एसिया प्यासिफिक समिटका प्रतिनिधि चन्द्रागिरि घुम्ने

एसिया प्यासिफिक समिटका प्रतिनिधि चन्द्रागिरि घुम्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट–२०१८ मा सहभागी हुन आएका नाउरुका राष्ट्रपति बरुनदिभेदी वाबा तथा फिलिपिन्सकी उपराष्ट्रपति लिनि रोब्रुडोले चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् । 

अनौपचारिक भ्रमणको क्रममा रहेकाअति विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । 

भ्रमणमा सहभागी नाउरुका राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएको र चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिँदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा रहेको बताएका छन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्