सोमबार, चैत २, २०८२

किसानले भारतको संसद घेरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली- भारतको संघीय संसद भवन अगाडी दशौँ हजार किसानहरुले शुक्रबार प्रदर्शन गरेका छन् । कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुले कृषि ऋण, फसलको उच्च मुल्यलगायतका काम राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताएका छन् । 

सन् २०१९ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा प्रधानमन्त्रीलाई आफ्नो मागहरु पुरा गराउन दवाव दिन किसानहरुले प्रदर्शन गरेका हुन् । सिंचाईको अभाव, फसलबाट हुने घाटा र ऋण तिर्न नसकेर भारतमा झण्डै तीन लाख भन्दा बढी किसानहरुले गत दुई दशकमा मृत्युवरण गरेका छन् । 

प्रदर्शनका लागि ती किसानहरु गत बिहीबार देखि नै राजधानीमा भेला भएका थिए । उनीहरु बस र रेलमा दिल्ली आइपुगेका हुन् । संसद अगाडी प्रदर्शन गर्न पुग्नु अगाडी उनीहरू राजधानीको रामलीला मैदानमा भेला भएका थिए । 

प्रदर्शनमा झण्डै ८० हजार जना किसान तथा कृषि मजदुरहरु सहभागी भएको आयोजकहरुले शुक्रबार जानकारी दिएका छन् । यो प्रदर्शन भारतमा सन् २०१२ पछिकै सवै भन्दा ठूलो प्रदर्शन भएको बताइएको छ । सन् २०१२ मा एक जना विद्यार्थीलाई सामुहिक बलात्कार गरेको घटनाका विरुद्धमा यो भन्दा ठूलो प्रदर्शन भएको समाचारमा जनाइएको छ । 

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार प्रदर्शनमा ८० हजारबढी किसान सहभागी भएका छन् । उनीहरुले 'चलो दिल्ली' भन्दै नारा पनि लगाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।