बुधबार, वैशाख २६, २०८१

गाजामा मानवीय पीडा 'असहनीय' भएको आईसीआरसी प्रमुखको भनाइ

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

जेनेभा- प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार युद्धग्रस्त गाजा पुगेका थिए।

triton college

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले अध्यक्ष मिर्जाना स्पोल्जारिकको यस क्षेत्रको भ्रमण विभिन्न चरणमा हुने र आगामी हप्ताहरूमा इजरायलको भ्रमण हुने अपेक्षा गरिएको जनाएको छ। 

‘म गाजा आइपुगेको छु, यहाँ मानिसहरुको पीडा असह्य छ,’ स्पोल्जारिकले ट्वीटरमा लेखेका छन्। 

‘गाजामा सर्वसाधारणको लागि कुनै सुरक्षित स्थान नहुनु अस्वीकार्य छ र सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव छैन,’ आईसीआरसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हमासद्वारा बन्धक बनाइएका इजरायली बन्धक र इजरायलले कब्जामा लिएका प्यालेस्टिनी कैदीहरूलाई पर्याप्त सहयोग नगरेको भन्दै द्वन्द्वमा दुवै पक्षबाट आलोचना खेप्दै आएका स्पोल्जारिकले ‘स्वतन्त्रताबाट बञ्चित सबैलाई मानवीय व्यवहार गरिनुपर्ने’ मा जोड दिए।

corrent noodles
Metro Mart

उनले भने, ‘बन्धक बनाइएकाहरूलाई रिहा गरिनुपर्छ र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्छ।’

कतार, संयुक्त राज्य अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले सयौं बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भई शुक्रबारदेखि पूर्ण रूपमा युद्ध सुरु भएपछि उनी गाजा पुगेका थिए। 

अक्टोबर ७ मा इस्लामिक लडाकू समूहले गरेको आक्रमणको बदलामा इजरायलले हमासलाई परास्त गर्ने प्रतिबद्धता जनाएको छ। अक्टोबर ७ को हमास आक्रमणमा एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए। उक्त आक्रमणपछि हमासले २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन्।

इजरायली सेनाले युद्ध सुरु भएयता करिब १० हजार हवाई आक्रमण गरेको आइतबार जनाएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा १५ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेका छन्।

‘म नागरिकहरूको दुर्दशाप्रति मेरो गहिरो चिन्ता व्यक्त गर्नेछु र आईसीआरसीको उनीहरूको पीडा कम गर्न हामीले गर्न सक्ने सबै प्रयास गर्ने पूर्ण प्रतिबद्धतालाई जोड दिनेछु,’ आईसीआरसी अध्यक्ष स्पोल्जारिकले भने। 

आइसिआरसीका अनुसार गाजा भ्रमणका क्रममा स्पोल्जारिकले स्थानी रेडक्रस टोलीसँग पनि समय बिताउने र ‘युरोपेली अस्पतालको भ्रमण गर्ने बताइएको छ। गाजामा आईसीआरसीका मेडिकल टोलीले स्थानीय स्वास्थ्यकर्मीसँग मिलेर जीवनरक्षाका लागि अभियान (उपचार सेवा) चलाइरहेका छन्।

‘हामीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार सबै पक्षबाट नागरिक जीवनको रक्षा र सम्मान गर्न तत्काल अपिल गरेका छौं, र म आज पनि त्यही अपील दोहोर्‍याउँछु’, स्पोल्जारिकले भने, ‘सहायताको निर्बाध र नियमित प्रवाहलाई अनुमति दिनुपर्दछ।’  -एएफपी

प्रकाशित: Dec 05, 2023| 10:21 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्