बुधबार, चैत १८, २०८२

च्याम्पियन्स लिगमा नेयमारको नयाँ रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- ब्राजिल तथा फ्रेन्च क्लब पिएसजीका स्टार फर्वाडर नेयमारले युइएफए च्याम्पियन्स लिग फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । उनले च्याम्पियन्स लिगमा सबैभन्दा बढि गोल गर्ने ब्राजिलियन खेलाडीको रेकर्ड बनाएका हुन् । 

यसै साता फ्रान्सको पेरिसमा इंग्लिस क्लब लिभरपुलसँग खेल्ने क्रममा १ गोल गर्दै नयाँ रेकर्ड बनाएका हुन् । २७ वर्षीय नेइमारले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ३१ पुर्याएका छन् । 

यसअघि कूल ३० गोलसहित ब्राजिलका काका ब्राजिलका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा थिए । काकाले च्याम्पियन्स लिगमा विभिन्न क्लबबाट खेल्नेक्रममा ३० गोल गरेका थिए । 

काका भने रियल मड्रिडका पूर्वखलाडी हुन् । पछि उनले अन्य क्लबबाट पनि खेले । नेइमार यसअघि बार्सिलोनामा थिए । उनले बार्सिलोना र पिएसजीबाट गरी च्याम्पियन्स लिगमा कूल ३१ गोल हानेका हुन् ।

त्यस्तै चौथो र पाँचौ नम्बरमा जार्डेल र जिओभाने इल्बेर रहेका छन् । जार्डेल र जिओभान द्वयले समान २५-२५ गोल गरेका छन् । काकापछि सर्वाधिक धेरै गोल गर्ने तेस्रो खेलाडी रिभाल्डो हुन् । रिभाल्डो बार्सिलोनाका पूर्वखेलाडी हुन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।