शनिबार, साउन १२, २०८१

एकै ठाउँमा चार गाडी दुर्घटना भएपछि...

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

काठमाडौं- एकै स्थानमा लगातार सवारीसाधन दुर्घटना भएपछि शनिबार रातिदेखि अवरुद्ध कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड आइतबार दिउँसोबाट बल्ल सुचारु भएको छ। साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा एकै स्थानमा शनिबार राति चारवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका थिए। 

triton college

पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधि सभा सदस्य दीपक खड्का चढेको प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडीसमेत दुर्घटनामा परेको थियो। विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०३ ००१ क १५२१ नम्बरको टिपरले साँझ सवा ७ बजे सो गाडीलाई ठक्कर दिएको थियो।

सोही स्थानमा शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो। उक्त टिपरमा साँझ अर्को टिपर ठोक्किएर दुर्घटनामा परेको थियो। त्यसपछि लगातार थप तेस्रो टिपरसमेत अघिल्ला दुर्घटनामा परेका टिपरमै ठोक्किएर दुर्घटनामा परेको हो। त्यसपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।

क्रेनमार्फत दुर्घटनामा परेका टिपर हटाएर सडक खुलाइएको हो।

प्रकाशित: Dec 03, 2023| 12:35 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्