बुधबार, चैत १८, २०८२

सुनिल र रञ्जना अन्तिम आठमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- नेपालका सुनिल जोशी र रञ्जना भट्ट दोश्रो दक्षिण एशियाली यु-२१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनिलले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१-१२, २१-१५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । 

यस्तै महिला एकल तर्फ रञ्जनाले बंगलादेशकी उर्मी अख्तरलाई २१-१९, २१-१८ ले पाखा लगाईन् । सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको प्रतियोगित नेपाललाई जित दिलाउने क्रममा नेपालका पिन्स दाहाल, प्रफुल महर्जन र नविन श्रेष्ठले बाजी मारे । 

प्रिन्सले श्रीलङ्काका भिरेन नेतासिंघेलाई २१-९, २१-१६, प्रफुलले मालदिभ्सका माहम्मद राफाहलाई २१-४, २१-८ तथा नविनले बंगलादेशका गौरव सिंहलाई २१-१७, २१-७ ले पराजित गरे । 

महिला एकल तर्फ रञ्जना बाहेक नेपाली खेलाडीले आफुलाई अगाडी बढाउन असफल भए । महिला एकल तर्फ रशिला महर्जन भारतकी माल्भिका बान्सोद संग २१-१०, २१-१२, जेशिका गुरुङ्ग श्रीलङ्काकी दिल्मी दियास संग २१-८, २१-१५ ले तथा सुनैना मुखिया श्रीलङ्काकै २१-८, २१-९ ले पराजित भए ।

यसैगरि अन्य खेलमा पुरुष एकल बंगलादेशका मंगल सिंहले मालदिभ्सका अकिफ मोहम्मदलाई २१-५, २१-१८ ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरे । क्वाटरफाईनलमा प्रवेश गर्ने क्रममा भारतका प्रियान्सु रजावतले श्रीलङ्काका चिराथ इल्लेपेरुमाचीलाई २१-११, २५-२३, श्रीलङ्काका रन्थुस्का ससिन्दुले आफ्नै देशका चामाथ दियासलाई २१-१६, २१-१९ ले तथा भारतका ध्रुव रावतले श्रीलङ्काका धुमिन्दु अभयविक्रमेलाई २१-११, २१-१७ ले पाखा लगाए । 

यस्तै महिला तर्फ बंगलादेशकी फवरिन विन्ते इमदाद हृदिताले मालदिभ्सकी माशा रशिदलाई १९-२१, २१-१७, २१-१६, श्रीलङ्काकी हसरा विजयरत्नेले मालदिभ्सकी अमिनाथ नविहालाई २१-१०, २१-१९ ले तथा भारतकी पूर्वे बार्भेले बंगलादेशकी रश्मा अख्तरलाई २१-७, २१-७ ले पराजित गर्दै क्वाटरफाईनलको यात्र तय गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।