शनिबार, साउन ९, २०८३

हात्ती नियन्त्रण गर्ने सहमतिपछि यातायात सञ्‍चालन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- चितवन निकुञ्जको जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युभएपछि आक्रोशित माडीका बासिन्दाले थालेको विरोध प्रदर्शन फिर्ता लिएका छन्। 

वन्यजन्तु नियन्त्रण गर्नुपर्ने मागलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने सर्वपक्षिय सहमतिपछि दुई  दिनदेखिको आन्दोलन स्थानीयले फिर्ता लिएका हुन्। सहमतिसँगै बिहीबार साँझदेखि यातायात पुनस् संचालनमा आएको र मृतक महिलाको शव पोस्टमार्टमका लागि माडि बगौडास्थित अस्पतालमा पठाइएको माडि नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिएका छन्।  

स्थानिय वासिन्दाले स्थायी सुरक्षाको माग गर्दै मृतकको शव उठाउन नदिई ठोरी(माडी सडक दुई दिन सम्म अवरुद्ध गरी विरोध प्रर्दशन गरेका थिए। 

स्थानीयको माग सम्बोधन गर्न चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, प्रहरी उपरिक्षक सुशिल सिंह राठौर, चितवन राष्ट्रिय निकुन्जका वार्डेन वेदप्रकाश ढकाल लगायतको टोलीले मृतकको परिवारलाई सरकारको तर्फबाट १० लाख क्षतिपुर्ति दिलाउन, निकुन्जमा सिमेन्टको बाँध बनाएर वन्यजन्तु नियन्त्रण गर्ने र आतंक मच्चाउदै आएको हात्तिलाइ तत्काल नियन्त्रणमा लिने पहल गर्ने सहमति जनाएपछि आन्दोलन टुंगिएको नगरप्रमुख ढकालले बताए। 

हातिको आक्रमणबाट मृत्यु भएका परिवारलाई तत्काल किरिया खर्चवापत २५ हजार रुपैयाँ र मृतकका बालबालिकालाई पठनपाठनका लागि ५ लाख रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।