शनिबार, साउन ९, २०८३

रन्जनको उत्कृष्ट प्रदर्शनमा थ्री स्टार विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- थ्री स्टार पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको शिर्षस्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा विभागिय टोली एपिएफलाई २-० ले पराजित गर्दै थ्री स्टार लिगको शिर्ष स्थानमा उक्लेको हो । 

थ्री स्टारको जितमा रन्जन बिष्ट नायक बने । उनले खेले नै खेलकबो दुबै गोल गरेका थिए । पहिलो हाफमा एक गोल गरेकान बिष्टले दोस्रो हाफमा पथ एक व्यक्तीगत गोल गरेका थिए । 

खेलको २५ औं मिनेटमा थ्री स्टारले रन्जनको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । उनले सुनील बलको पासमा उत्कृष्ट गोल गरेका थिए । एपीएफले पनि पहिलो हाफको अन्त्यतिर खेल बराबरी गर्ने अवसर पाएको थियो । 

तर, उक्त अवसर एपिएफले सदुपयोग गर्न सकेन । पहिलो हाफ १-० ले अग्रता लिएको थ्री स्टारले खेलको ६६ औं मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर पारे । उक्त गोल रन्जनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सलाई बिट गर्दै गरेका थिए । 

थ्री स्टारले यस जितसँगै शीर्षस्थानको मनाङसँग अंक बराबरी गरेको छ । थ्री स्टारले ५ खेलमा ४ जित र १ हार बेहोर्दै १२ अंक जोडेको छ । एपीएफको भने लगातार पराजित हुँदै ४ अंक मात्र जोड्न सकेको छ । एपीएफले लिगको पाँच चरणको खेल सकिँदा १ खेल मात्र जितेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।