तेह्रथुम- मोबाइलमा वाईफाईको नेटवर्क खोजी गर्दै हिँड्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ।
जिल्लाको म्याङलुङ् नगरपालिका-९ साब्ला बस्ने १८ वर्षीय महेन्द्र तामाङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
लडेर घाइते भएका तामाङलार्इ उपचारका लागि तामाङलाई जिल्ला अस्पताल तेह्रथुम पुर्याइएको थियो। उनको थप उपचारको लागि धरान घोपा सुनसरीतर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४