शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मलाको न्‍याय माग्दै पोस्टर टाँस्‍ने १२ जना पक्राउ

निर्मलाको न्‍याय माग्दै पोस्टर टाँस्‍ने १२ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-कञ्चनपुरमा हत्या भएकी १३ वर्षीया निर्मला पन्तको पोस्टर टाँस्ने १२ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा बलात्कारपछि हत्या भएकी निर्मलाको न्यायको माग गर्दैं पोस्टर टास्नेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार उनीहरुलाई माइतिघर मण्डला परिसरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुले सडकको पेटी तथा सडक छेउछाउका पोलमा पोस्टर टास्नुका साथै सरकार विरोधी नारा लगाउन थालेपछि प्रहरीले पक्राउ गरिएको लामाले बताए । 

पक्राउ परेका १२ जनालाई महानगरीय प्रहरी परिसर र सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । उनीहरुले पोस्टमा ‘सरकार भेटियो र न्याय भेटिएन’ भन्ने नारासहित निर्मलाको तस्बिर भएको पोस्टर टाँसेका थिए । 

शुक्रबारदेखि राजधानीमा जारी एसिया प्रशान्त सम्मेलनको दौडानमा नेपालमा ४५ देशका १५ सय बढी पाहुना काठमाडौंमा आएका बेला सरकार विरोधी गतिविधि हुँदा गलत सन्देश जाने भन्दै गृहमन्त्रालयले दिएको आदेश अनुसार सरकार विरोधी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले पक्राउ गर्ने पनि लामाले बताए । 


तस्बिरः उज्‍वल थापाको फेसबुकबाट
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।