शनिबार, साउन ९, २०८३

'बाँच्‍न दे सरकार, श्वास फेर्न दे'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल विद्यार्थी सङ्घले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान सुरु गरेको छ । 

नेविसंघले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर उक्त अभियानको सुरुवात गरेको हो। 

नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले सो अभियानको शुभारम्भ गर्दै धूलोकै कारण उपत्यकामा दैनिक सयौँ मानिस बिरामी हुँदै गएको छ। धूलो हटाउनका लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने धारणा उनले व्यक्त गरे। 

'हामीले सरकारसँग केही मागेका छैनौँ, स्वच्छ वातावरणमा बाँच्ने अधिकार राज्यले प्रदान गरोस्', उनले भने। अभियानका संयोजक एवं नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठीले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार काठमाडौँ उपत्यकाको वातावरण प्रदूषण अत्याधिक रहेकाले वातावरण प्रदूषण कम गर्न उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए। 

काठमाडौँ उपत्यकाका सबै क्याम्पस अगाडि र विभिन्न चोकमा यो अभियान सञ्चालन गरिने उनको भनाइ छ । आफ्नो माग सुनुवाइ नभए नेविसंघले काठमाडौँ महानगरपालिकामा आन्दोलन गर्नेसमेत जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।