शनिबार, साउन ९, २०८३

स्कुलमा ताला लगाएर शिक्षक सडकमा (फोटो/भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शिक्षक, गुरु, अगुवा, मार्गदर्शक, पथप्रदर्शक जे नामले सम्बोधन गरे पनि शिक्षण पेसामा आबद्ध व्यक्तित्वलाई सम्मान गर्नु हाम्रो सदाचारभित्र पर्दछ। 

लाखौं बालबालिकाको भविष्य निर्माणको जिम्मेवारी लिएका यी अगुवाहरूले कक्षाकोठा छाडेर सडकमा उत्रिएपछि यी अगुवाहरूलाई बालबालिकाले के भन्लान्? 

जिम्मेवारीअनुसार पेसागत आन्दोलनका आफ्नै मर्यादा र सीमा हुन्छन्। शिक्षकले जायज माग सम्बन्धित निकायसम्म पुर्‍याउन आन्दोलनका अन्य उपाय पनि त अपनाउन सक्छन्। 



नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा आज आयोजना गरिएको शिक्षकहरूको जुलुसले के देखाउँछ भने अगुवा भनिने गुरुबा–गुरुआमा नै कर्तव्यबाट च्यूत हुँदैछन्, साथै सरकारी विद्यालयका शिक्षकहरू राजनीतिक नेताको आडमा जागिर टिकाइराख्छन् भन्ने आमधारणालाई उनीहरूले नै थप बलशाली बनाइदिएका छन्।
 
प्रदर्शनीमार्गबाट सुरु गरी नयाँ बानेश्वरमा पुगेर कोणसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम प्रहरी हस्तक्षेपका कारण सफल हुन सकेन। प्रदर्शनीमार्गबाट अघि बढ्न जुलुसमा प्रहरी लाठी प्रहारबाट केही शिक्षक घाइते भए।

भिडियो



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।