शनिबार, साउन ९, २०८३

'सरकारले जनताको पक्षमा काम गरेन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाएको छ । 

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलार्इ सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए। 

'कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिमा निर्वाह गरिरहेको छ। तर सरकार संघीयताविरुद्ध उभिएको छ । अब हामीले त्यसको सशक्त विरोध गर्नु पर्ने बेला आएको छ,' निधिले भने, 'अब कांग्रेस संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा  अझै सशक्त ढंगले अघि बढ्ने तयारीमा छ।'

उपसभापति निधिले पार्टी भित्र गुट–उपगुट नरहेको दावी समेत गरे। उनले पार्टीको विधान मस्यौदामाथि फरक मत रहे पनि त्यसलाई गुटउपगुटको रूपमा बुझ्न नहुने पनि स्पष्ट पारे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।