काठमाडौं- नबिल बैंकले आफ्ना भिसा कार्ड बाहक ग्राहकलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड क्यास(ब्याक’ नामक ‘नबिल भिसाकार्ड’ प्रबद्र्धनात्मक नगद फिर्ता योजना सुरु गरेको छ। यस योजनामा नबिल भिसा कार्ड बाहक ग्राहकहरुले दश प्रतिशत नगदै फिर्ता पाउनेछन्।
१०% नगद फिर्ता योजना योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड बाहक (डेविट-क्रेडिट-प्रिपेड) ग्राहकले नेपाल भित्रका पिओसबाट प्रत्येक पटक सफल कारोबारको १०% अथवा अधिकतम पाँच सय नगदै फिर्ता पाउनेछन्। यो योजना मिति शुक्रबारदेखि आइतबारसम्म रहनेछ।
‘यस योजनाले हाम्रा भिसाकार्डबाहक ग्राहकलाई कार्डमार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगदरहित कारोबारलाई बढावा दिनुका साथै पोइन्ट अफ सेल्स (पिओस) तथा इ-कमर्सको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोबारलाई सजिलोसँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ।
यस योजनाले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्डमार्फत नियमित कारोबार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास लिएको छु,” नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने।
नबिल बैंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे-इन्टरनेशनलको नेपालमा रहेको एक प्रमुख अग्रणी सदस्य हो र यसले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्ड जारी गर्नुका साथै पोइन्ट अफ सेल्स र इलेक्ट्रोनिक पेमेन्ट गेट वे नेटवर्कमार्फत कार्डको कारोबार गर्दै आएकोछ ।
नबिल बैंक नयाँ प्रविधीलाई ग्रहण गर्न तथा नयाँ सेवा तथा योजनालाई अंगिकार गर्ने कार्यमा सधै अग्रपङ्तिमा रहि आएको छ। “नबिल भिसाकार्ड क्यास(ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक दोस्रो चरणको अभियान शुरु गरेको छ। यस नबिल बैंकका भिसाकार्ड वाहकहरु अधिक लाभान्वित हुनुहुनेछ भन्नेमा हामी विश्वस्त रहेका छौं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४