शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुकीलाई स्कर्टिङ गरेको बाइक माइक्रोसँग ठोक्कियो, चालकलाई सडकमै कुटियो (भिडियो)

सुकीलाई स्कर्टिङ गरेको बाइक माइक्रोसँग ठोक्कियो, चालकलाई सडकमै कुटियो (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-काठमाडौंमा रहेका म्यानमारकी स्टेट काउन्सिलर आन साङ सुकीको कारगेडलाई स्कर्टिङ गरिरहेको ट्राफिक बाइक माइक्रोसँग ठोक्किएको छ । 

सुकी ललितपुरस्थित म्यानमार राजदूतबाट सोल्टी होटल फर्कने क्रममा बिहीबार साँझ बा१ज ६५७७ नीलो माइक्रोसँग स्कर्टिङ गरेको बाइक ठोक्किएको थियो । 

उक्त बाइक ट्राफिक प्रहरीका असई दीपेन्द्र गुरुङले चलाएका थिए । माइक्रोको ठक्करबाट घाइते भएका गुरुङको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोसँग ठोक्किएपछि ट्राफिक प्रहरीले घेरेर सडकमै कुटपिट गरेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्तकुमार लामाले माइक्रोको चालकले जबरजस्ती गर्दा बाइक ठोक्किएको बताए ।


हेर्नुहोस सामाजिक सञ्जाल फेसबुकमा मनोज श्रेष्ठले राखेको भिडियो :
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।