धनगढी- कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० सुकुम्बासी टोलकी १० बर्षीया बालिका वृद्धद्वारा बलात्कृत भएकी छिन् । स्थानीय ६९ बर्षीय ओमनाथ पौडेलले खानेकुराको प्रलोभन देखाएर बालिका बलात्कार गरेको खुलासा भएको हो ।
स्थानीयको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिए । उनलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
सुकुम्वासी टोलमै केही दिनअघि १६ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी थिइन् । एकपछि अर्को बलात्कारका घटना सार्वजनिक हुँदा स्थानीय त्रसित बनेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४