शनिबार, साउन ९, २०८३

‘मिस्टर चयाम्पियन्स लिग’ रोनाल्डोका रेकर्डै रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पोर्चुगिज तथा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । विश्वकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिने रोनाल्डोले मंगलबार राति समूह चरणको खेलमा स्पेनिस भ्यालेन्सियालाई पराजित गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।
 
‘मिस्टर चयाम्पियन्स लिग’ मानिने रोनाल्डोले च्याम्पियन्स लिगको इतिहासम सबैभन्दा चाँडो १०० खेल जित्ने एक्लो खेलाडी बनेका छन् । रोनाल्डोले म्यानचेटर युनाइटेड, रियल मड्रिड र युभेन्टस गरी तीन क्लबबाट १०० खेल जितेका हुन् । 

रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमै सर्वाधिक धेरै गर्ने खेलाडी समेत हुन् । उनले आजसम्म कूल १ सय ५७ खेल खेलबाट १ सय २१ गोल गरेका छन् । रोनाल्डो च्याम्पियन्स लिगको एक सिजनमा मात्र सबैभन्दा बढी १७ गोल गर्ने खेलाडी पनि हुन् । 

आजसम्म एकै सिजन गोल गर्ने रेकर्डमा उनलाई अन्य कुनै पनि खेलाडीले भेटेका छैनन् । तथ्य हेर्दा पनि रोनाल्डो च्याम्पियन्स लिगमा निकै प्रभावशाली खेलाडी मानिन्छन् । उनले हालसम्म एक्लैले ५ पटक च्याम्पियन्स लिग जितेका छन् । 

जब कि बार्सिलोना क्लबले हालसम्म मात्रै ५ पटक यो उपाधि जितेको छ । त्यस्तै, नकआउट चरणमा सर्वाधिक धेरै गोल गर्ने खेलाडीको रेकर्ड पनि उनकै नाममा छ । ३३ वर्षीय रोनाल्डो लिगका पछिल्ला ६ सिजनका लगातारका सर्वाधिक गोलकर्ता हुन भने लगातार ३ सिजन च्याम्पियन्स लिग जित्ने खेलाडी पनि उनी मात्रै एक्लो हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।