शनिबार, साउन ९, २०८३

एसिया प्यासिफिक सम्मेलन आजबाट : कहाँबाट को को आए ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाै‌- चार दिने एसिया प्यासिफिक सम्मेलन शुक्रबारबाट काठमडौंमा सुरु हुँदैछ । सम्मेलनमा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम जारी छ ।  

दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । 

विभिन्न देशका सरकार प्रमुखसहित यति धेरै प्रतिनिधि बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकहरुको दावी छ ।   

यो सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुने बताइएको छ । सम्मेलनको मूल एजेण्डा भने गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन रहने आयोजकले जनाएको छ ।  

सम्मेलनमा सहभागी हुन फिलिपिन्सका उपराष्ट्रपति लोनी रोड्रेबो, बुधबार नै काठमाडौं आएका थिए । यस्तै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौं आइपुगेका थिए । अन्य देशका राष्ट्रप्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरु पनि आउने क्रम जारी छ । 

सम्मेलनमा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, कोलाम्बियाका पूर्व राष्टपति, इन्डोनेसियाका संसद प्रमुख, टोंगा सरकारका प्रवक्ता, फिजीका सभामुख पनि सम्मेलनमा सहभागी हुने बताइएको छ ।

क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्दै आलोचना भएपछि आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्तो दिएको छ । 

हिन्दू धर्मलाई प्रतिनिधित्व गर्दै वृन्द्रावनका गोस्वामी आउँदै भने उनका साथमा बीजेपीका नेता विजय जोली काठमाडौं आइपुगिसेका छन् ।   ताइवानबाट अन्तर्राष्ट्रिय बुद्धिस्ट संघका अध्यक्ष चिनचुङ याङ र भारतबाट मुस्लिम धर्मलाई प्रतिनिधित्व गरेर इमाम प्रमुख डाक्टर उमर अहमद इल्यासी आउने आयोजकले जनाएको छ । 

क्रिश्चियन धर्म गुरुका रूपमा भने म्यान्मारस्थित वाप्टिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष जा खादर आउने तय भएको छ ।   

सबै धर्मका गुरुहरु सहभागी सम्मेलनमा साझा शान्तिको बाटो के हुने भन्ने बारेमा पनि छलफल हुने आयोजक संस्था यूपीएफले जनाएको छ । सम्मेलन सोमबार काठमाडौं घोषणा पत्र जारी गर्दै सकिने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।