फाइल तस्बिर
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाचौँ चरण अन्र्तगत शुक्रबार दुई खेल हुदै छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध एनआरटी र दोस्रो खेलमा थ्री स्टारविरुद्ध एपीएफले प्रतिस्पर्धा गर्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने दुबै खेलमा पहिलो खेल बिहान ११ बजे सुरु हुने छ भने दोस्रो खेल दिउासो २:३० बजे सुरु हुने छ । पुलिसविरुद्ध एनआरटी मैदान उत्रदै गर्दा आफ्नो पहिलो जितको खोजीमा हुनेछ भने यता पुलिस तेस्रो जित निकाल्न चाहन्छ ।
यसअघि सुलिसले दुई जित, एक हार र एक बराबरी खेको छ । पुलिसले आफ्नो पहिलो खेलमा जाउलाखेललाई १-० ले पराजित गर्दा दोस्रो खेलमा मछिन्द्रसँग गोल रहित बराबरीमा रोकियो ।
तेस्रो खेलमा विभागीय टोली आर्मीसँग १-० ले पराजित हुँदा चौथो खेलमा च्यासलविरुद्व सहज जित निकालेको थियो । यता, एनआरटीले पहिलो खेलमै सनसनीपुर्ण प्रर्दशन गर्दै आर्मीसँग २-२ गोलको बराबरी खेल्यो ।
दोस्रो खेलमा मनाङसँग २-० ले पराजित हुँदा तेस्रो खेलमा च्यासलसँग ५-१ को फराकिलो हार ब्यहोर्यो । चौथो खेलमा एनआरटी थ्री स्टारसँग २-० ले पराजित भएको थियो ।
आजै हुने दोस्रो खेलमा थ्री स्टार र एपीएफले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टिमविरुद्व मैदान उत्रदै गर्दा थ्री स्टारलाई लिगको शीर्ष स्थानमा उक्लिने मौका हुनेछ । चौथो चरणको खेलमा एपीएफ क्लबले मनाङसँग २-१ को हार व्यहोरेको थियो ।
थ्री स्टारले फ्रेन्ड्स क्लबसँग २-१ को जित निकालेको थियो । थ्री स्टार ३ जित, १ बराबरी सहित ९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । एपीएफ एक जित, दुई हार र एक बराबरी सहित ४ अंक जोडेर तालिकाको नवौ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४