आइतबार, असोज ४, २०८३

युरोपा लिग : चेल्सीको लगातार पाँचै जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


एजेन्सी- युइएफए युरोपा लिग फुटबलमा इंग्लिश क्लब चेल्सीले ग्रिस क्लब पीएओके सालोनिकाविरुद्ध सहज जित निकालेको छ । बिहिबार राति भएको खेलमा चेल्सीले सालोनिकामाथि ४-० को सहज जित निकालेको हो । 

चेल्सीको जितका लागि ओलिभर जिरुडले २ गोल गर्दा क्यालम हड्सन र अल्भारो मोराटाले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको चेल्सीले दोस्रो हाफमा पनि थप दुई गोल गरेको थियो । 

खेलको २७ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । दोस्रो गोल पनि खेलको ३७ औं मिनेटमा जिरुडले नै गरे र चेल्सीको अग्रता दोब्बर पारे । 

दोस्रो हाफमा पथ दुई गोल गर्ने क्रममा खेलको ६० औं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीको अग्रता तेब्बर पारे । त्यसपछि खेलको ८० औं मिनेटमा मोराटाले गोल गर्दै चेल्सीलाई ४-० को सहज जित दिलाए । 

सालोनिका यव्हेन खाचेरिडीले रातो कार्ड पाएपछि सातौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा चेल्सीले भरपुर लिएको थियो । जितसँगै समूह ‘एल’ को चेल्सीले १५ अंक जोडेर समूहको शीर्ष स्थानमा यथावत राखेको छ । चेल्सी २ खेल अगावै नकआउट चरणमा पुगिसकेको छ । सालोनिका ३ अंक जोडेर पुछारमा छ  ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।