बुधबार, चैत १८, २०८२

आर्सनलको सहज जित, लिस्बनको ६ गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- बिहिबार राति भएको युइएफए युरोपा लिग अन्र्तगत भएको खेलमा इंग्लिश क्लब आर्सनलले सहज जित निकालेको छ । भोर्सक्ला पोल्ताभाको घरेलु मैदानमा भएको खेलमा आर्सनलले युक्रेनी क्लबलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

समूह चरणको खेलमा आर्सनलको जितका लागि इम्ली स्मिथ, आरोन रामसे र जोसेफ विलोकले समान एक एक गोल गरे । तीन वटै गोल पहिलो हाफमा सम्भव भएका थिए । आर्सनलले स्मिथको गोल मार्फत खेलको ११ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । 

त्यसपछि २७ औं मिनेटमा रामसेले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता दाब्बर पारे । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहदाँ जोसेफले गोल गरे । जोसेफको गोल मार्फत आर्सनलले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो । 

समूहको अर्को खेलमा स्पोर्टिङ लिस्बनले काराबागको घरेलु मैदानमा ६-१ ले विजय भएको छ । लिस्बनको जितका लागि ब्रुनो फर्नान्देस र अब्दुलाए डियाबीले २-२ तथा नानी र बास दोस्तले १-१ गोल गरे । 

काराबागका अब्देल्ला जौबिरले बराबरी गोल फर्काएका थिए । यस नतिजासँगै समूह ‘ई’ को शिर्ष स्थानमा रहेको आर्सनलको ५ खेलबाट १३ अंक छ । आर्सनलले यसअघि नै नकआउट चरणमा स्थान बनाईसकेको छ । यसै समूहको दोस्रो स्थानमा रहेको स्पोर्टिङ सिपिको १० अंक छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।