शनिबार, साउन ९, २०८३

धनुषाको हँसपुर नगरपालिकामा अख्तियारको छापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- पटकपटक विवादमा तानिँदै आएको धनुषास्थित हँसपुर नगरपालिकामा अख्तियारको छापा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले विहिबार हँसपुर नगरपालिका कार्यालयमा छापा हानेको हो।

विकास निर्माण कार्यमा अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा अख्यितारको टोलीले छापा मारेको बुझिएको छ। बर्दिवास कार्यालयबाट चारजना कर्मचारी टोली पुगेर नगरपालिकामा सम्पन्न भएका योजनाहरुको कागजातसमेत लिएर गएको बताइएको छ।

नगरपालिकाका मेयर रामज्ञान मण्डलले पनि अख्तियारको टोलीले सम्पन्न योजनाहरुको कागजातहरु बोकेर गएको जानकारी दिए । मण्डलका अनुसार अख्तियारको टोलीले नगरपालिकाको वडा नम्बर ७ मा सम्पन्न भएका सातवटा योजनाहरुको फाइल लगेको छ।

नगरपालिकाको वडा नम्बर ७ मा २२ वटा योजनाहरु छनौट गरिएको थियो । जसमध्ये ७ वटा योजनाहरु मात्र सम्पन्न भएको बताइएको छ । योजना कार्यान्वयनमा नगरपालिकाले व्यापक भ्रष्टाचार गरेको भन्दै विपक्षी नेपाली कांग्रेसले छुट्टै अनुगमनसमिति बनाएर छानबिन गरेको थियो । र, त्यहाँ सम्पन्न योजनाहरुमा १ करोड ४० लाख भ्रष्टाचार भएको कांग्रेसको दाबी थियो । 

तर, नगरपालिकाके मेयर मण्डलले भने वडा नम्बर ७ मा जम्मा ४४ लाखको काममात्र सम्पन्न भएको बताउँदै आफूहरुमाथि लगाइएको सम्पूर्ण आरोप निराधार रहेको दाबी गरेका छन् ।

नगरपालिका क्षेत्रभित्रका विकास निर्माण कार्यको विषय लिएर यसअघि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाबीचको विवादसमेत सार्वजनिक भएको थियो । मेयर मण्डलले आफूलाई जानकारी नै नदिई निर्णयहरु गरेको भन्दै उपमेयर झा आमरण अनशनमै बसेकी थिइन् । हँसपुर नगरपालिकामा मेयर मण्डल र उपमेयर झा दुबैजना राजपाबाट निर्वाचित भएका हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।